Section 25
न्यूनीकरणका कार्यहरु गर्न सक्ने
(१) नेपाल सरकारले हरितगृह ग्याँस उत्सर्जन गर्ने क्षेत्र पहिचान गरी तिनको राष्ट्रिय आधार तह (रेफरेन्स लेभल) निर्धारण गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम निर्धारण भएको राष्ट्रिय आधार तहको सम्बन्धमा मन्त्रालयले आवधिक रुपमा अनुगमन गरी अद्यावधिक जानकारी सार्वजनिक गर्नेछ।
(३) न्यूनीकरणको लागि मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहले आवश्यक कार्यक्रम सञ्चालन गर्न सक्नेछन्।
(४) मन्त्रालयले हरितगृह ग्याँस उत्सर्जनको मापन गर्न वा गराउन सक्नेछ।
(५) न्यूनीकरण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।